कोरियन भाषा परीक्षाको आवेदन भोलीबाट खुल्ने (यसरी भर्नुहोस, भिडियोसहित)

418
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम शुक्रबार(भोली)देखि खुल्ने भएको छ ।

फारम यहि चैत १७ गतेसम्म भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ ।

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सुरुआतका दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ ।

यसवर्षबाट आईएमई–पे र ई–सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने बताइएको छ ।
नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । यो वर्षको परीक्षा २०७४ सालको जेठ २५ र २६ गते हुनेछ ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

अनलाइनबाट आवेदन भर्नका लागि eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

भिडियो हेर्नुहोस्


  •  
  •  
  •