कोरियन भाषा परीक्षाका लागि ६३ हजारको आवेदन

414
  •  
  •  
  •  

काठमाडौं ३१ साउन (ओएनएस) : रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत हालसम्म करिव ६३ हजारले कोरियाली भाषा परीक्षण फारम भरेका छन् । फारम भर्ने अन्तिम दिन शनिबारसम्म ६३ हजारले  आवेदन दिएकाे  वैदेशिक रोजगार विभागको इपीइस शाखा प्रमुख डिल्लीराम बास्तोलाले बताए ।

भाषा परीक्षण फारम भर्नेमा अधिकांशले उत्पादनमूलक क्षेत्रका लागि आवदन दिएको बास्तोलाले बताए । कोरियाली सरकारले उत्पादनमूलक क्षेत्रमा बढी माग राखेको भएकोले यसमा फारम भर्नेको संख्या बढी भएको उनले जानकारी दिए । उत्पादनमूलक क्षत्रेमा पैसा पनि बढी कमाइने बास्तोलाले बताए ।
फारम भर्नेमा ८५ प्रतिशत पुरुष र अन्य महिला रहेको इपीएस शाखाले बताएको छ । महिलाहरूले विशेषगरी कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गर्दै फारम भरेको शाखाले जानकारी दिएको । कृषि तथा पशुपालन अन्यको तुलनामा सजिलो भएकोले महिला त्यसमा आकर्षित भएका हुन् । निर्माण, मत्स्यपालन, कृषि, पशुपालन, सेवामूलक उद्योगलगायतका काम गर्न पाइन्छ ।

आगामी असोज १० र ११ गते हुने परीक्षा २ सय पूर्णांकको हुने शाखाले जानकारी दिएको छ । जसमा उर्तिणाङक अङ्क ५० तोकिएको छ । परीक्षा समय ७० मिनेटको हुने बताइएको छ । परीक्षामा सहभागी हुनका लागि २४ अमेरिकी डलर बुझाउनपर्ने बताइएको छ । भाषा परीक्षाको नतिजा २० असोजमा प्रकाशित गर्ने शाखाले जानकारी दिएको छ । यस पटक भाषा परीक्षाफल प्रकाशन गर्नुअघि मात्र कोटा सार्वजनिक गरिने बताएको छ ।

इचछुकले उत्पादनमुलक, कृषि र पशुपालन क्षेत्रमा आवेदन दिन सकिन्छ । नेपालमा यसअघि चार पटक भाषा परीक्षा भइसकेको शाखाले जानकारी दिएको छ । ८० हजार रुपैयाँ लागतमा मासिक १ लाखभन्दा बढी कमाइ हुने भएकोले कोरियाली भाषा परीक्षणको फरम भर्नेको सङ्ख्या बार्षिक रुपमा बढ्ने गरेको छ । नेपालको जस्तै हावापानी भएकोले पनि कोरिया नेपाली युवाहरूको रोजाइको गन्तव्य बनेको छ ।


  •  
  •  
  •