दुई कोरियाका राष्ट्रपतिबीच अप्रिल २७ मा भेटवार्ता हुने

369
  •  
  •  
  •  

२२ चैत : दुई कोरियाका राष्ट्रपतिबीच अप्रिल २७ मा भेटवार्ता हुने भएकाे छ। उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बिहीबार बसेकाे बैठकले उक्त मिति निर्धारण गरेकाे हाे। यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि अधिकारीहरुबीच बैठक हुन भएकाे त्यहाका सञ्चार माध्यमले जनाएका छन्।

उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाकाबब मुन जाय इनका बीचमा पहिलो पटक अप्रिल २७ तारिखका दिन भेटवार्ता हुन लागेको द्धय देशका उच्च अधिकारीहरुले बताएका छन्।

दुई कोरियाबीचको संघर्ष अन्त्य गर्नका लागि भन्दै आयोजना गरिएको उत्तर कोरिया शिखर सम्मेलनका क्रममा उनीहरुको भेटवार्ता हुने भएको हो ।

मर्यादाक्रम, सुरक्षा व्यवस्था, सञ्चारमाध्यमको व्यवस्थापन लगायतका विषयमा यो बैठकमा छलफल हुने भएकाे हाे ।

सम्मेलनमा सहभागी हुने नेता किमको यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि बैठक केन्द्रीत हुने भएको छ ।

दुबै देशको सीमानामा पर्ने दक्षिण कोरियातर्फको पान्मुन्जोममा रहेको पिस होममा शिखर सम्मेलन हुने तय भएको छ


  •  
  •  
  •