कोरियाका केही कम्पनीमा नेपालीमाथी शोषण गरिन्छ

271
  •  
  •  
  •  

काठमाडौ, २० पुस : नेपाली राजदूतावासका श्रम सहचारी अनिलकुमार गुरुङले कोरियामा रहेका केही कम्पनीले नेपाली कामदारमाथि श्रम शोषण भइरहेको बताएका छन् । कोरिया आएदेखि नै बिभिन्न औद्योगिक क्षेत्रमा पुगेर उनीहरुको अवस्था बुझिरहेका गुरुङले त्यहाँको अवस्थाबारेमा एमनेष्टिको प्रतिवेदनबारेमा जिज्ञासा राख्दा उनले श्रम शोषण भएको बताएका हुन् ।

एमनेष्टिको रिपोर्टले श्रम शोषण गरेको उल्लेख गरेको छ नि भन्नेमा उनले भने, ‘यहाँ केहि कम्पनीहरुमा श्रम शोषण हुने गरेको छ । एमनेष्टीले इन्टरनेशनलको प्रतिवेदनबारे समाचारपत्रहरुमा पढेको थिएँ । यसबारे मलाई औपचारिक रुपमा कुनै जानकारी आएको छैन ।’

दक्षिण कोरिया औद्यौगिक मुलुक हो । यसको बिकास तीब्र गतिमा छ । यहाँ मुख्य गरि नेपाली कामदारलाई भाषाको समस्या हुने गरेको छ । ‘संस्कृतिक भिन्नता र मौसम सम्बन्धी समस्यामात्र छन्, अरू ठूलो समस्या छैन’ उनले भने ‘धेरै क्षेत्रमा नेपाली कामदार सन्तुष्ट नै पाएको छु ।’

उनले कोरियाली सरकार र रोजगारदाताका नजरमा नेपाली कामदार मिहेनती, लगनशील रहेको बताउँदै भने, ‘म नेपालका लागि ईपीएस कोटा बढाउन आएदेखि लागिपरेको छु ।’ उनको दुईबर्षे कार्यकाल सकिएको छ । उनले अर्को व्यबस्था नभएसम्म नेपाली कामदारको हितमा लागिरहने बताए ।

नेपाली कामदारका लागि आर्कषक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा नेपालीले मासिक १ लाखदेखि ३ लाख रुपैंयांसम्म कमाएका छन । खाने बस्ने व्यवस्था कम्पनीले उपलब्ध गराउने र बोनससमेत दिने सुविधाले गर्दा आकर्षक गन्तब्यमा परेको हो । बिरामी पर्दा विश्वको उत्कृष्ट स्वास्थ्य सेवा लिन सकिने भएकोले पनि यहाँ कामदारको लागि राम्रो छ ।

नेपाली कामदारहरूको मृत्यु भएमा मृतकको शव नेपाल पठाउने खर्च सम्बन्धित रोजगारदाता वा बीमा कम्पनीले व्यहोर्नु पर्ने बिषयमा काम भइरहेकोले यस सम्बन्धमा केही साकारात्मक संकेत देखिएको उनले बताए । नेपाली कामदार परिश्रमी, ईमान्दार तथा लगनशील हुनाले पनि कोरियाली रोजगारदाताहरुले मन पराउने तथा कोटा बढाउने बिषयमा सकारात्मक देखिएको उनले दावी गरे ।

ईपिएस राम्रो प्रणाली रहेकोले कामदारको छनौट प्रकृया पारदर्शी छ । यसमा स्वदेशी तथा प्रवाशी कामदारलाई समान कानून लागु हुन्छ । दुई सरकारबीच हुने सहमतिका कारणले यसमा कुनै बिचौलिया नरहेकाले यो नीति परिवर्तन गर्नु जरुरी नभएको उनले स्पष्ट पारे । उनका अनुसार हालसम्म कोरियामा प्रवेश गर्ने नेपाली कामदारको संख्या २६ हजारभन्दा बढी भई सकेको छ ।


  •  
  •  
  •