विश्वकपको फाईनल कोलकाताको ईडन गार्डेनमा

100
  •  
  •  
  •  

काठमाडौ, ५ साउन(एजेन्सी) : आईसीसी टी-२० विश्वकप २०१६ को फाइनल खेल कोलकाताको ईडन गार्डेन मैदानमा पनि खेलिने भएको छ ।

बीसीसीआईले आइसीसी विश्वकप टी-२० विश्वकपको खेलहरू खेलिने स्थानको घोषणाको साथै यस कार्यक्रमका लागि व्यवस्थापन कमिटीका सदस्यको घोषणा पनि गरेको छ । आगामी वर्ष ११ मार्चदेखी ३ अप्रिलका बीच भारतमा टि-२० विश्वकप खेलिने छ ।

बेङग्लोर, चेन्नई, धर्मशाला, मोहाली, मुम्बई, नागपुर र नयाँ दिल्लीमा खेल खेलिने छ । यसका साथै कोलकातामा फाइनल समेत म्याच खेलिने छ । अनुराग ठाकुरले खेल स्थलको घोषणा गर्दै भनेका छन्, ‘बीसीसीआईलाई यस्तो प्रतिष्ठित कार्यक्रमको आयोजना गर्न पाएकोमा गौरवान्वित छौ । यी सबै खेल स्थानमा ठुला-ठुला खेल खेलिइसकेको छ । यो घोषणाका साथै हामीले यो घटनाका लागि तयारी सुरू गरिसकेका छौ । हामी चाहन्छौ की यो विश्वकप टि-२० निकै शानदार र सम्झन लायक हुनेछ । मलाई आशा छ, सबै खेल मैदानमा विश्वस्तरका खेल आयोजना हुनेछ ।’


  •  
  •  
  •