कोकिन तस्करीको नयाँ रुट

142
  •  
  •  
  •  

काठमाडौं २२ चैत ।
ल्यापटप ब्यागभित्र लुकाएर ब्राजिलबाट दोहा हुदै काठमाडौं आएर इटलीको रोम जान लागेकी एक मलेसियन नागरिकको साथबाट प्रहरीले ठूलो परिमाणको कोकिन बरामद गरेको छ । बिमानस्थलमा रहेको लागु औषध नियन्त्रण ब्युरोको टोलीले ११ किलो कोकिन बरामद गरेको हो । एक किलो कोकिनको बजार मुल्य डेढ करोड रुपैंया छ । एघार किलो कोकिनको बजार मुल्य १ अर्ब ६५ लाख रुपैंया हुन आउँछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट कतार एयरवेजको ६५१ को उडान द्धारा शुक्रबार राती दोहा हुदै रोम जान लागेकी ३६ बषिर्य मरिना बिन्ति जमालुद्धिन पक्राउ परेकी हुन् । उनले आफूले बोकेको सुटकेसमा पाँच वटा ल्यापटपको कभर राखेर त्यसभित्र कोकीन लुकाएकी थिईन् । प्रहरीको स्क्रिन मेसिनमा ल्यापटप मात्र छ भनेकी थिइन् । प्रहरीले शंका लागेर खोली हेर्दा उक्त परिमाणको कोकिन बरामद भएको हो ।

प्रहरीका अनुसार यि महिला कोकीन तस्कर गर्ने गिरोहकी मुख्य भरिया हुन् । यिनलाई ब्राजिलबाट रोमसम्म कोकीन पुर्‍याउँदा ६ सय डलर पाउने थिईन् । ब्राजिलबाट कोकीन दिएर पठाउने गिरोहले एक हजार डलर पहिला नै दिईसकेको प्रहरीले जनाएको छ । बाँकी रोम पुगेपछि पाउने बताइएको थियो ।

उनले प्रहरीलाई यसअघि मलेसियाबाट भारतको दिल्ली हुदै सामान तस्करी गर्ने गरेको बताएकी छन् । उनले बेला/बेला रुट परिवर्तन गर्नुपर्ने भएकाले नेपाल हुदै कोकीन लिएर जान लागेको बयान दिएकी छन् । उनी चार दिन अघि दोहाबाट काठमाडांै आएकी थिईन् । प्रहरीले नेपाली भुमी हुदै यति ठुलो मात्रामा कोकीन तस्करी गरेर तेस्रो मुलूक लैजान लागेको यो पहिलो पटक हो । झण्डै एक बर्ष अघि लागु अाैषध ब्युरोले नै दुई किलो कोकिन सहित एक नामेबियन नागरिकलाई पक्राउ गरेको थियो । ब्राजिलबाट दुबई हुदै नेपाल अाएका नामिबियन रेमण्ड जुन्गु ओपेलको पेटबाट प्रहरीले ५ करोड मुल्य बराबरको कोकिन फेला पारेको थियो । त्यो भन्दा अघि एक किलो कोकिन सहित एक महिला समातिएकी थिईन् ।
कान्तिपुरबाट


  •  
  •  
  •