सत्तापक्षले साझा धारणा बनाए मात्र विपक्षी वार्तामा बस्ने

146
  •  
  •  
  •  

koiralaकाठमाडौं, १६ माघ (ओएनएस)  : संविधान निर्माणको विषयमा देखिएको विवाद अन्त्यको लागि सत्तापक्षले साझा धारणा बनाए मात्र वार्तामा बस्ने प्रमुख विपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

विपक्षीले सत्तारुढ दलसँग वार्ता नगर्ने अडान लिइरहेको बेला दाहालले फेरि वार्तामा बस्ने संकेत दिएका हुन् । दाहालले प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार विहान भएको भेटवार्तामा सत्तापक्षले साझा धारणा बनाए विपक्षी मोर्चालाई वार्तामा ल्याउने बताएका हुन् ।

शहिद दिवसको अवसरमा सहिद गेटमा माल्यार्पण गरेर अचानक दाहाल निवास लाजिम्पाट पुगेको प्रधानमन्त्रीले वार्ताबाट विवादको समाधान गर्न आग्रह गरेका थिए । आधा घण्टा भएको छलफलमा प्रधानमन्त्रीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्डले सहमतिको लागि साझा अवधारणा लिएर आउन आग्रह गरेको लाजिम्पाट स्रोतले जानकारी दियो ।

संविधानसभामा गत माघ ११ गते प्रश्नावली निर्माण समिति गठनपछि रुष्ट बनेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले सत्तापक्षसँग वार्तामा नबस्ने अडान लिदै आएको छ । सभाध्यक्षले जबरजस्ती समिति गठन गरेको भन्दै उक्त कदम नसच्चिएसम्म वार्तामा नबस्ने बताउदै आएका विपक्षीले सडक आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेका छन् ।


  •  
  •  
  •