कोइराला र ठाकुरबीच डेढ घण्टा भेटवार्ता

211
  •  
  •  
  •  

sushil-koirala-mahanta-thakurकाठमाडौँ, १७ माघ(ओएनएस) : नेपाली कांग्रेसका सभापति सुशील कोइराला र मधेसी मोर्चाका संयोजक महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।

कोइराला निवास महाराजगञ्जमा करिब डेढ घण्टा भएको भेटवार्ताका क्रममा देशको समसामयीक राजनीतिक अवस्था तथा मधेस आन्दोलनका विषयमा कुराकानी भएको छ । भेटका क्रममा कोइराला र ठाकुरबीच वर्तमान गतिरोध अन्त्य गर्नका लागि आ-आफ्ना तर्फबाट पहल गर्ने विषयमा सहमति भएको बताइएको छ ।

मधेस आन्दोलनका कारण देशले भोग्नु परेको समस्या सकेसम्म चाँडो समाधान गर्नुपर्नेमा सभापति कोइरालाले जोड दिएका थिए भने ठाकुरले पनि आफू पनि चाडोँ समस्या समाधानको लागि तत्पर रहेको बताएका थिए ।

दुई पक्षबीच चाँडो भन्दा चाँडो सहमतिमा पुग्नका लागि पहल गर्नुपर्ने र वार्ता तथा सम्वादमार्फत अगाडि बढ्नुपर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।


  •  
  •  
  •