‘युद्वको कुरा गर्नेसँग चित्त दुख्छ’ : कोइराला

131
  •  
  •  
  •  

sushil_koirala20130701002रौतहट,२९ कात्तिक (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले युद्वको कुरा गर्नेसँग चित्त दुख्ने बताएका छन् ।

रौतहटको  औरैया गाविसस्थित टिकुलीया घाटमा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै आफुले  लोकतन्त्रका लागि लेजनेल भोगेकोले युद्वको कुरा गर्दा चित्त दुख्ने बताए ।
कोइरालाले युद्ध र द्वन्द्वका कुरा गरेर सविधान निर्माण प्रक्रियामा बाधा पु¥याउन लागेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।

एमाओबादी अध्यक्ष पुष्पकमल दाहालले रोल्पा पुगेर फेरि बंकरमा सुत्न मन लाग्योु भनी अभिव्यक्ति दिएका थिए । सो पशंगलाई कोट्याउदै प्रधानमन्त्री कोइरालाले युद्ध र आन्दोलनको कुरा समाप्त भइसकेकाले त्यस्ता कुरा नगर्न आग्रह गरे ।

‘मलाई अमनचैन दिनुस् उनले भने  म तपाईंहरुलाई लोकतान्त्रिक सविधान दिन्छु’ ।

कोइरालाले माघ ८ गते सविधान जारी गर्न कुनै शक्तिले नरोक्ने दावी गरे । प्रधानमन्त्रीले संबिधान निर्माणमा कसैले बाधा पुर्याउन खोजे आफैं सदाका लागि अलग हुने दाबी गरे । उनले भने ‘संबिधान निर्माणको बेला युद्धका कुरा गर्नेहरु आफै बिलाएर जान्छन् ।’


  •  
  •  
  •  

Comments are closed.