काठमाडौं, २२ साउन (ओएनएस) : सशस्त्र द्वन्दमा क्रममा घाइते भएका र मृतकका परिवारलाइ क्षर्तीपूर्ती दिने प्रधानमन्त्री सुशील कोइरालाको आश्वासन पछि एकीकृत माओवादी व्यबस्थापिका संसदमा बिनियोजन बिधेयक माथीको छलफल सुरु गर्न राजी भएको छ ।
प्रधानमन्त्री कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो साझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति अनुसार माओवादी संसदमा बिनियोजन बिधेयक माथीको छलफल सुचारु गर्न तयार भएको हो ।
मन्त्रीपरिषदको बैठक मार्फत तपाइहरुका माग पूरा गर्छौ, यो वेला संसद अबरुद्ध गर्दा संविधान निर्माणमा दख्खल पुग्छ, त्यसैले संसद अबरोध नगरिदिनु होला’ प्रधानमन्त्री कोइरालाले प्रचण्डलाइ भनेका थिए ।
पेश्की खर्च विधेयक पारित गर्दा भएको भद्र सहमति कार्यान्वयन नभएको भन्दै एमाओवादीले बिनियोजन बिधेयक माथीको छलफल रोक्ने तयारी गरेको थियो । सदन चल्दैन भन्दै माओवादीका कतिपय सभासदहरु हाजिर गरेर संसद बाट बाहिरिएका थिए ।
प्रधानमन्त्री कोइराला र प्रचभण्डबीच भएको सहमति अनुसार एकीकृत माओवादीका कृष्णबहादुर महराले सदनमा सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारका तर्फवाट कानून मन्त्री नरहरि आचार्यले संक्षिप्त जवाफ दिएपछि संसदमा बिनियोजन विधेयक माथीको छलफल आरम्भ भएको हो ।