सहमतिलाई प्राथमिकता दिने प्रधानमन्त्री कोइराला र अध्यक्ष ओलीको निर्णय

153
  •  
  •  
  •  

oli koirala
फाइल फोटो

काठमाडौ, १४ चैत(ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच आज शनिबार भएको भेटवार्तामा सहमतिलाई अगाडि बढाउने सहमति भएको छ ।

ओली निवास बालकोटमा करिब डेढ घन्टा भएको वार्तामा सहमतिलाई प्राथमिकता दिएर अगाडि बढ्ने निर्णय भएको हो । वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले भने, “संविधान निर्माणका लागि सहमतिमै जुटौ, सहमतिलाई पहिलो प्राथमिकता दिएर सहमतिकै आधारमा संविधान निर्माण गराँ भन्नेबारेमा छलफल भयो, सहमति नभए बहुमतीय प्रक्रिया त छँदैछ ।”

भेटवार्तापछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच संविधान निर्माणकै विषयमा छलफल केन्द्रित भएको बताए । एमाले नेता पाण्डेले भने, “संविधान सहमतिमै निर्माण गर्ने र सहमतिमै जारी गर्ने भन्नेबारेमा छलफल भयो, सहमतिबाटै प्रक्रियामा जाने कुरा भयो ।”

सभाध्यक्षले दिएको समयसीमा आइतबार सकिँदैछ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आइतबारसम्ममा सहमति नभए एक दुई दिन पर गएर भए पनि सहमति हुने विश्वास व्यक्त गरे ।


  •  
  •  
  •