कोइरालाले दिए मुनलाई नेपाल भ्रमणको निम्तो

148
  •  
  •  
  •  

काठमाडौ, ७ असार (ओएनएस) : स्वास्थोपचारका लागि अमेरिका रहेका प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन बिच भेटवार्ता भएको छ ।

भेटमा नेपालको संक्रमणककालिन लोकतान्त्रिक अवस्था, शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले गरेको सहयोगको सराहना गर्दै धन्यवाद दिए ।

मुनले सत्य निरुपण, मेलमिलाप तथा वेपत्ता आयोग गठनबारे चासो व्यक्त गर्दै विश्वसनीय आयोग गठन भएर समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

जवाफमा कोइरालाले आयोग गठनको प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउँदै एक वर्ष भित्रै संविधान पनि जारी हुने बताए ।

दुई नेताको भेटपछि संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगद्वारा जारी विज्ञप्तीमा मुनले शान्ति मिसनका लागि नेपालले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा मिसनमा खटिने सैनिक टोलीलाई लैङगकि हिसाबले सन्तुलित बनाउन आग्रह गरेका उल्लेख छ ।
कोइरालालले मुनलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।


  •  
  •  
  •