कोइराला र प्रचण्ड भेट, आन्दोलन जारी रहेको प्रचण्डको भनाइ

263
  •  
  •  
  •  

Prachanda-sushil1काठमाडौं, २ फागुन (ओएनएस) : गत माघ ८ पछि वार्ता त्याग्दै एक–अर्का प्रति अरोप–प्रत्यारोपमा उत्रिएका दलहरु शुक्रबारबाट संवादहिनता तोडेका छन् । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता विहान भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान निर्माणमा देखिएको जटिलता अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रचण्डले विपक्षी दलको नेताको हैसियतले मात्रै प्रधानमन्त्रीसँग भेटवार्ता गरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीलाई भेटेर बाहिरिने क्रममा प्रचण्डले विपक्षी दलको नेताको हैसियतले प्रधानमन्त्रीसँग भेटेको र आफूहरुको आन्दोलन जारी रहेको प्रतिक्रिया दिए । हिजो पहिलो चरणको वार्ता गरेका प्रधानमन्त्री र प्रचण्डले आज दोस्रो चरणका सम्वाद सुरु गरेका हुन् ।

संविधानसभामा जारी रहेको प्रक्रिया स्थगित गरेपछि मात्रा वार्तामा बस्ने बताउँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संवैधानिक समितिको बैठकमा भाग लिदै संवादहिनता तोडेका थिए । बिहिबार संविधानसभाको बैठक अनिश्चितकालसम्म स्थगित गरेपछि विपक्षी वार्ताको लागि तयार भएको थियो ।

प्रश्नावली समितिको खारेजको माग गर्दै आएका विपक्षीहरु समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत नभएपछि वार्ताका लागि सकारात्मक देखिएका हुन् ।

अख्तियार र लोकसेवामा मा भागवण्डा मिलेन 
शनिबार विहानको प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीचको भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगको पदपूर्ति सम्बन्धमा छलफल भएको छ । छलफलमा प्रचण्डले अख्तियार र लोकसेवा आयोगमा एमाओवादी नजिकका व्यक्तिको प्रतिनिधित्व गराउन प्रस्ताव गरेका थिए ।

अख्तियारमा एमाओवादीको सिफारिसबाट एकजना आयुुक्त थपिने स्रोतले जनाएको छ । त्यस्तै लोकसेवामा पनि प्रमुखबाहेक एमाओवादीले एउटा कोटा पाउने भएको छ । तर, लोकसेवा आयोगको प्रमुखमा भने कोइराला र प्रचण्डवीच सहमति हुन नसकेको बताइएको छ ।

प्रचण्डले लोकसेवा प्रमुख कोयोदेवी यमीलाई नै निरन्तरता दिनुपर्ने अडान प्रधानमन्त्रीसमक्ष राखेका छन् भने प्रधानमन्त्रीले पूर्वसचिव उमेश मैनालीको नाम प्रस्ताव गरेका छन् । लोकसेवा आयोगका प्रमुख कोयोदेवी यमीसहितका पदाधिकारीको कार्यकाल यहि फागुन ४ गतेदेखि सकिँदैछ ।


  •  
  •  
  •