देउवासँग सुशील रिसाउनको कारण यस्तो पो रहेछ

35
  •  
  •  
  •  


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले पार्टीमा गुटबन्दी हुर्काएको भन्दै बरिष्ठ नेता शेरबहादुर देउवासँग जंगिएका छन् । आफ्नै विवेकले विपी विचारयात्रा चलाएको भन्दै उपसभापति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टी व्यक्त गरेका छन् ।

संसदीय दलको सोमबारको बैठकमा प्रधानमन्त्री कोइराला डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को विशेष महाधिबेशन उद्घाटन गर्न देउवा गएकाप्रति आक्रोसित भएका हुन् । ‘

तपाइहरुले क्षमताअनुसार काम गर्दै जानुपर्ने हो तर गुटबन्दी गर्नेगरी किन तपाईँ हिजो डिएलएको महाधिबेशनमा जानुभयो ?’प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै एक सभासद्ले भने,‘संविधान निर्माणजस्तो गहन अभिभारा कांग्रेससामु छ ,तर तपाईंहरु ग्रुप बनाउने ,ग्रुपिजम बनाएर अघि बढ्दै जानुहुन्छ,यो राम्रो भएन ।’

गुटबन्दी निर्माणमा ठुला नेता केन्द्रित भएपछि पार्टीका तर्फबाट मन्त्री भएकाहरुबाट पनि सहयोग नपाएको कोइरालाले गुनासो गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


  •  
  •  
  •