काठमाडौँ, ३० जेठ ओएनएस) । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार वालुवाटार पुग िप्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
अध्यक्ष दाहालले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केही दिन अघिमात्र स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि थप उपचारका लागि चिकित्सकको सल्लाहअनुसार उनी यही असार ३ गते अमेरिका जाने कार्यक्रम तय भएको छ ।