कोइराला – दाहाल भेटवार्ता

176
  •  
  •  
  •  

  काठमाडौं ,१३ मंसिर (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच शनिवार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान निर्माणमा  देखिएका विवादित विषयलाई  तत्काल टुङग्याएर अगाडि बढ्ने बारे कुराकानी भएको थियो ।

प्रमुख दलहरुबीच विवादित विषयमा सहमति जुटन नसकेको र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्न नसकेका बेला नेपाली कांग्रेसका  सभापति तथा प्रधनमन्त्रि  कोइरालालाई सहमतीय प्रक्रियाका  आधारमा अगाडि बढ्न दाहालले आग्रह गरे ।

कोइरालाले प्रमुख तीन दलको बैठक बसेर विवादित विषयमा  सहमति जुटाउने प्रतिबद्वता व्यवक्त गरेका थिए ।
दाहालले प्रमुख तीन दलको बैठकमा मधेस कन्द्रित दललाई समेत सहभागी गराउन आग्रह गरेका थिए ।


  •  
  •  
  •