काठमाडौं,जेठ २७ – प्रधानमन्त्री सुशील कोइराला अब दुई महिना अमेरिकामा बस्ने भएका छन् । आट वर्ष पहिले जिव्रोको क्यान्सरको उपचार गराएपछि अहिले फेरि समस्या देखिएपछि उपचारकालागि कोइराला २ महिना अमेरिका बस्ने भएका हुन् ।
आइतबार साँझ कोइरालाको स्वास्थ्यमा एकाएक समस्या देखिएको थियो । स्वास्थ्य जाँचका क्रममा जिब्रोको क्यान्सरका कारण थप समस्या देखिएको र जिब्रोको क्यान्सर बढेर फोक्सोमा पुगेको चिकित्सकहरुले बताएपछि उनी दुई महिनाका लागि अमेरिका जाने भएका छन् ।
स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएको छ । फोक्सोमा देखिएको दागका कारण पनि चिकित्सकहरुले कोइरालालाई छिट्टो अमेरिका जान सुझाएको बालुवाटार स्रोतले बताएको छ । फोक्सोमा दाग देखिएका कारण कम्तिमा २ महिना अमेरिका बस्नु पर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।
वालुवाटार स्रोतका अनुसार कोइराला अवरुद्ध संसद सुचारु भएपछि र केहि राजनीति सम्बन्धी विवादको अन्त्य गरेर अमेरिका जाने तयारी छन् । लामो समयसम्म अमेरिकामा बस्नुपर्ने भएपछि उनले आफ्नो अनुपस्थितीमा मुलुकको राजनीतिक संकट समाधानका लागि उत्तम उपाय खोजिरहेका छन् । तर चिकित्सकहरुले भने छिट्टै जान सुझाएका छन् ।
जिब्रोको शल्यक्रिया आठ बर्ष अघि न्यूयोर्क एभिन्युस्थित स्रोल्न केटरिङ क्यान्सर सेन्टरमा भएको थियो । त्यो यताका हरेक बर्ष कोइरला स्वास्थ परिक्षणका लागि अमेरिका जाने गरेका थिए । अघिल्लो वर्ष १३ असारमा उनी अमेरिका पुगेका थिए ।
कोइराला उपचारका लागि अमेरिका पुगेको अवसर पारेर जुलाई ४ मा अमेरिका स्थित कांग्रेसको जनसम्पर्क समितिको अधिवेशनको तयारी समेत थालिएको छ ।