संविधान निर्माणको वातावरण नविगार्न पत्रकारलाई प्रधानमन्त्रीको आग्रह

59
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको वातावरण नविगार्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नेकपा एमाले पार्टी कार्यालय बल्खुमा शनिबार गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री कोईरालाले नकारात्मक समाचार लेखेर संविधानको वातावरण नविगार्न आग्रह गरेका हुन् । उनले भने,‘तपाईहरु खाली नेगेटिभ  समाचार लेखेर वातावरण  धमिलो नबनाउनुस्, पोजेटिम समाचार लेख्नप¥यो ।’ प्रधानमन्त्री कोईरालाले आउँदो माघ ८ गतेभित्रै सहमतिमै संविधान जारी हुने दाबी दोहोराए ।

उनले सहमति नभएका विषय प्रकृयाबाट पुरा गर्ने बताए । प्रधानमन्त्री कोईरालाले प्रदेश ५ देखि ७ सम्म बनाउदाँ राम्रो हुने भन्दै संघीयताका विभिन्न मोडेलमा छलफल भईरहेको बताए । उनले भने,‘ सकभर थोरै प्रदेश बनाउन राम्रो हुन्छ हामीसँग धान्न सक्ने पूर्वाधार छैन ।’


  •  
  •  
  •