प्रधानमन्त्री कोइरालाले मोदीका लागि मर्यादाक्रम तोड्ने !

69
  •  
  •  
  •  

काठमाडौ, १४ साउन (ओएनएस) :  यही साउन १८ गते नेपालको औपचारिक भ्रमण आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री सुशील कोइरालाले त्रिभसवन विमानस्थलमै पुगेर स्वागत गर्ने भएका छन् । प्रधानमन्त्री कोइरालाले मोदीका लागि प्रोटोकल (मर्यादाक्रम) तोडेर स्वागत गर्ने भन्दै भारतीय समाचार माध्यम एबिपी न्जयुले खुलासा गरेको छ ।

पछिल्लो १७ वर्षपछि नेपालको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । त्रिभुवन विमानस्थलमा उनका भव्य स्वागत गरिने भएको छ । मोदी दिल्लीबाट आउने क्रममा नेपाल सरकारले उनलाई गर्ड अफ अनर प्रदान गर्नेछ । उनको साथमा करीब १ सय जनाको शिष्टाचार मण्डल हुनेछ, जसमा वरिष्ठ मन्त्री, वरिष्ठ सरकारी अधिकारी, प्रमुख व्यापारी तथा पत्रकार हुनेछन् । नेपाल भ्रमणका क्रममा मोदीले नेपालका राष्ट्रपति रामवरण यादवसँग भेट गर्नेछन्, तथा कोइराला र सबै ठूला राजनीतिक दलका प्रतिनिधीहरूसँग पनि भेट गर्नेछन् । मोदीले भ्रमणको दोस्रो दिन अर्थात् १९ गते पशुपतिनाथको विषेश प्रार्थना गर्ने कार्यक्रम समेत तय भएको छ । मोदी एक चार्टर्ड विमानमार्फत आइतबार बिहान नेपाल आइपुग्नेछन् । उनका साथमा वरिष्ठ मन्त्री र उच्च सरकारी अधिकारी पनि आउने बताइएको छ ।

नेपालको विदेश मन्त्रालयलाई उदृत गर्दै भारतीय अनलाईन एबिपीन्युजले भारतीय राजदुतावासले आयोजना गर्ने दिवाकालीन भोजमा मोदी सहभागी हुनेछन् । सोही दिन कोइराला–मोदी र अन्य आगन्तुकहरूका लागि रात्रीभोजको तयारी पनि गरिएको छ । यसअघि सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्द्र कुमार गुजरालले नेपालको भ्रमण गरेका थिए । नेपालको यात्रामा जाने पछिल्ला प्रधानमन्त्री भने अटल बिहारी वाजपेयी हुन्, उनी सार्क सम्मेलनमा भाग लिन सन् २००२ मा नेपाल आएका थिए ।


  •  
  •  
  •