प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

281
  •  
  •  
  •  

काठमाडौँ, ५  भदौ  :  प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक स्थितिका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

भेटमा अध्यक्ष ओलीले उठाउँदै आएको सरकार निर्माणका बेला भएको सात बुँदे सहमतिको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री कोइरालाले त्यसप्रति आफू प्रतिबद्ध भएको जनाउँदै तोकिएको समयभित्रै संविधान निर्माण गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

सो भेटमा दुवै नेताबीच सरकार, व्यवस्थापिका–संसद र संविधानसभाले गरेका कामकारबाहीबारे छलफल हुनुका साथै बाढीपहिरो पीडित जनताको उद्धार र राहत वितरणबारे पनि छलफल भएको प्रेस संयोजक अधिकारीले बताए ।


  •  
  •  
  •