विराटले पछारे सचिनलाई

92
  •  
  •  
  •  

aus-vs-india-viratकाठमाडौ, १८ पुष(एजेन्सी) : भारतीय क्रिकेट टोलीका नयाँ टेष्ट कप्तान विराट कोह्लीले सचिन  तेन्दुलकर र महेन्द्र सिंह धोनीलाई पछाडि पारेका छन् । मैदान भित्र आफ्नो ब्याटिङका कारण चर्चामा रहने गरेका उनी मैदान बाहिर पनि उत्तिकै चर्चामा छन् ।

विराट कोह्लीको ट्विटरमा ५० लाख प्रशंसकहरू रहेका छन् । नयाँ वर्ष र टेष्टका कप्तानको पद सम्हाले लगत्तै उनको ट्विटरमा फलोअरको संख्या ५० लाख नाघेको हो । उनी भारतको सबैभन्दा धेरै प्रशंसक समेत भऐका छन् । उनले सचिन र धोनीलाई समेत पछाडि पारेर नम्बर एकमा पुगेका छन्, भारतीय खेलाडीहरुमा ।

यसरी ट्विटरमा ५० लाख फलोअर पुगेपछि कोह्लीले आफ्ना प्रशंसकहरुलाई धन्यवाद समेत दिएका छन् । उनले प्रशंसकहरूको यस्तो प्रेमका लागि धन्यवाद भनेका छन् । उनले आफूले निकै चाडो ५० लाखको यात्रा गरेको बताएका छन् । नयाँ वर्षको राम्रो सुरूवात भएको समेत उनले ट्विटरमा उल्लेख गरेका छन् ।

विराटभन्दा पछि सचिन तेन्दुलकर रहेका छन् । उनको फलोअरको संख्या करिब ४९ लाख रहेको छ भने तेस्रो नम्बरमा धोनी रहेका छन् । उनका फलोअर ३३ लाख रहेका छन् । यसपछिको दौडमा वीरेन्द्र सहवाग, युवराज सिंह, सुरेश रैना रहेका छन् ।


  •  
  •  
  •