केपी ओलीलाई खुला पत्र

75
  •  
  •  
  •  

दीपक मनराल /

कमरेड के.पी. ओली, म तपाईंलाई मेरो बिशेष अनुरोध पेश गर्दछु । तर, मेरो त्यो बिशेष अनुरोध पेश गर्नु भन्दा पहिले केहि तथ्यहरू सहित एउटा छोटो अभिमत प्रस्तुत गर्छु । पहिलो तथ्य, प्रकृती बिज्ञानबाट शिछ्या लिने बारेमा छ. हामीले धेरै अघी कलेजमा बिज्ञानमा पढे अनुशार, यो ब्रम्हाण्ड रहेका कुनै पनि बस्तुको सब भन्दा सानो स्वतन्त्र ईकाई भनेको एटम (Atom) हो. त्यो एटममा जम्मा तीनवटा उपईकाई (Subatomic) सुछ्म कणहरू (Particles) हुन्छन. ति सुछ्म कणहरू मध्य एउटा Electron भनिने सुछ्म कण र अरु दुईवटा सुछ्म कणहरू हुन्छन ।

यी दुईवटा सुछ्म कणहरू मिलेर एटमको केन्द्रिय भाग बनाउछन्, जसलाई एटमको नाभी (Nucleus) भनिन्छ। Electron एटमको बाहिरि छेत्रमा अवस्थित रहन्छ । त्यो Electron आफ्नो Nucleus को वरिपरी हर निमेष (Every fraction of a second) घुमीरहन्छ (फन्को मारिरहन्छ)  । त्यो घुम्ने कार्य रोकियो भने त्यो पदार्थको गतीको अन्त्य हुन्छ र पदार्थ स्वयंको नै अन्त्य हुन्छ । अनि त्यो पदार्थले अर्को बस्तुको स्वरुप लिएर फेरी गती र अस्तित्वको त्यही क्रम चलिरहन्छ ।

यहाँ मैले भन्न खोजेको उल्लेखनिय कुरा के छ भने, त्यो Electron ले आफ्नो Nucleus को वरिपरी घुम्ने गती (Speed) यत्ती तिब्र हुन्छ कि यसले १ (एक) सेकन्डको समयाबधीमा १२ (बारह) लाख पटक Nucleus को वरिपरी घुम्न (फन्को मारिरहन्छ) भ्याउँछ. हामी मानवहरू तिनै एटमहरूले बनेका हौँ ।

यहाँ मैले भन्न खोजेको के हो भने, जब एउटा Electron ले जाबो एक सेकन्डमा आफ्नो Nucleus को वरिपरी फन्को मार्न ११२ लाख पटक भ्याउँछ भने, हामी मानवहरूले यत्रो लामो समय भएको जीवन पाएका छौं, हामीले ठिक त्यही गतीमा काम गर्न नसक्ने भए पनि, त्यस्तै रुपमा काम गर्न त अबश्य नै सक्ने छौं नि ! दोश्रो तथ्य, बिश्व ईतिहाँसबाट शिक्षा लिने बारेमा छ  । हामीले चिनिया क्रान्तीको ईतिहांस पढेर बुझे अनुशार, माओत्से तुंगले चुनई भन्ने ठाउँमा भएको चिनिया कम्युनिस्ट पार्टीको बिशेष बैठकबाट सन् १९३५ मा पार्टीको नेतृत्व (पार्टी अध्य्छ्य पदको) लिने मौका पाउनु भयो।

त्यो भन्दा अगाडी चिनिया कम्युनिस्ट पार्टीको नेतृत्व वाङ्ग मिङ्गले गरेका थिए। तर वाङ्ग मिङ्गले नेतित्व गर्दाको १५ बर्षहरूको अबधीमा पार्टीले खासै कुनै प्रगती गर्न सकेको थिएन, बरु चियांग काई शेक जस्ता दछीणपन्थीहरूबाट ठुलो मार र बिस्वाश्घात मात्र व्यहोर्नु परेको थियो ।

पार्टी जनतामा बिस्तार हुन सकेन । माओत्से तुंगले पार्टीको नेतृत्व लिएको १५ बर्ष भित्रमा चीन जस्तो बिशाल भूभाग रहेको, भौगोलिक रुपमा विश्वको दोश्रो ठुलो देश र जनसंख्याको हिसाबले विश्वको पहिलो ठुलो देशलाई चियांग काई शेकको अत्यन्त शक्तीशाली घरेलु प्रतिक्रियाबाद र अमेरिकाको साम्राज्यबादबाट एकै साथ् सन् १९४९ मा मुक्त भयो. त्यसबेला चियांग काई शेकको सरकारको सैन्य संख्या ८० लाख थियो र चिनिया जनमुक्ती सेनाको संख्या पुगनपुग २० लाख मात्र थियो।

चियांग काई शेकको सरकारको त्यत्रो सैन्य संख्या भनेको मानव इतिहाँसमा कुनै एउटा देशको सरकारको अधिनमा रहेको सबै भन्दा ठुलो संख्याको सेना हो. चियांग काई शेकको सरकारको त्यो सेनालाई धन र अत्याधुनिक लडाकु बिमानहरू सहित हात-हतियारहरू दिएर अमेरिकाले सहयोग गरेको थियो. यहाँ मैले भन्न खोजेको के हो भने, सहि नेतृत्व स्थापित भयो भने छोटो समयाबधीमा नै सबै बाधा-बिध्नहरू पार गर्दै पार्टी र जनताले ठुलो बिजय प्राप्त गर्न सक्ने रहेछन।

मैले माथीका तथ्यहरू भनिसके पछी, अब मेरो त्यो बिशेष अनुरोध के छ भने, कमरेड ओली, तपाईंले पनि माथी मैले व्याख्या गरेको जस्तै बिज्ञान र बिश्व ईतिहाँसबाट शिछ्या लिएर आफ्नो काममा गती (Speed) र सहि दूरदृष्टी (Vision) अपनाउनु होस्, त्यसो भएमा तपाईंले आगामी ४ बर्ष, ११ महिनाको बाँकी अबधीमा पार्टी र देशको उद्धार गर्न सफल हुनु हुनेछ. तपाईंले अब बर्ष होइन, घण्टा, दिन र हप्ताहरूलाई आधार मानेर पार्टी निर्माण र बिस्तार गर्ने योजनाहरू (Calender) बनाएर काम गर्ने बेला भैसकेको छ. अब “म यो काम अर्को बर्ष गरौंला नि” भन्ने हिसाबले नस्वच्नु होला. ।

किनभने, तपाईंले पाउने भएको ५ बर्षे कार्यकालको एक महिना बितिनै सक्यो । अब बाँकी ४ बर्ष, ११ महिनाहरूका अबधीमा घण्टा, दिन र हप्ताहरूलाई आधार बनाएर काम गर्नु भएमा तपाईं स्वयम, एमाले र देशले खेर फाल्नु परेको बिगत २२ बर्षको समयको केहि हद सम्म छ्यतीपुर्ती हुनेछ. हिजोको अकुशल नेतृत्वको कारणले एमाले, जनता र देशले धेरै समय बर्बादीमा बिताएका छन् । अब तपाईंले “पार्टी भित्रका फलानो पछ्यले काम गर्न दिएन” भनेर अरुलाई दोष दिन पाउने समय छैन. पार्टी भित्र त्यस्ता “काम गर्न नदिने फलानो पछ्य” हिजो लेनिनको पार्टीमा थिए, माओको पार्टीमा थिए, होची मिन्हको पार्टीमा पनि थिए. तर, उनीहरूको नेतृत्व कुशलताले उनीहरूले बिजय प्राप्त गरेरै छाडे ।

अब तपाईं केहि समय शान्त र धैर्ययुक्त रहनु होस्, त्यसपछी पनि यी कुलंगारहरू (माकुने र उनको गुट) ले तपाईं, एमाले र देशको समय बर्बाद गर्ने कुकार्यहरू जारी राखी रहेमा, तपाईं एउटा विचारशील र सतर्क हात्ती जस्तै सरासर अगाडी बढ्नु होस्, पार्टी भित्रका बाँदर र श्यालहरू (माकुने र उनको गुट) लाई कराई रहन दिनु होस्. श्यालहरू भनेका अँध्यारोमा मात्र (षडयन्त्रहरू र गुटबन्दीमा मात्र) रमाउने हुन्, उज्यालो भए पछी (तपाईंको नेतृत्वमा एमालेको प्रगती भए पछी) आफै भागाभाग भएर हराउने छन.। फेरी भन्छु, हात्तीको कदम लिएर अगाडी बढ्नु होस् । देशभरीका एमालेका कार्यकर्ताहरूले माकुने कस्ता “नेता” हुन् र तपाईं कस्ता नेता हुनुहुन्छ भन्ने तथ्य बारेमा एकदमै सचेत छन्. तपाईंले एमालेको प्रगती गराएको देखे पछी हिजो माकुनेलाई स्तुती गाउनेहरू पनि तपाईंलाई समर्थन गर्ने छन् र अन्य बामपन्थी समूहहरूमा रहेका नेता र कार्यकर्ताहरू पनि एमालेमा आउँन ताँती लाग्ने कुरा निश्चित छ ।

कमरेड, ओली, अहिले तपाईंलाई एउटा बिरलै पाईने ऐतिहाँसिक अबशर आईलागेको छ। तपाईं जस्ता भुक्तभोगी नेताले पनि एमाले र नेपालको उद्दार गर्ने बाटो कोहोलना सक्नु भएन भने, एमाले र नेपालले अर्को मदन भण्डारीको आगमनको प्रतिछ्या गर्नु पर्ने हुन्छ । त्यो समय बिन्दु भनेको अहिले देखि अर्को ५० बर्ष, सय बर्ष वा हुन सक्छ अर्को हजार बर्ष पनि हुन सक्छ. । शायद, त्यतीखेर सम्म, एमाले नरहन पनि सक्छ, नेपाल भनिने देश नै नरहन पनि सक्छ. त्यसो भएकोले, अब एमाले र देशको जिम्मेवारी तपाईं र तपाईंको समुह (Team) माथी जबर्जस्ती आईलागेको छ. अब तपाईं, तपाईंको समूह र सिंगो एमाले पार्टीले समय पटक्कै खेर नफाली त्यही Electron को गतीमा र माओत्से तुङ्गको नेतृत्व कुशलताले एमाले हाँक्नु होला भन्ने मेरो बिशेष अनुरोध र सुझाव दोहोर्याउञ्छु. वाङ्ग मिङ्ग र माकुनेको जस्तो नेतृत्व रहने हो भने १०० बर्ष पनि छोटो नै हुन्छ वा पार्टी र देश नै बिलिन हुन पनि सक्छ. कमरेड, ओली, कृपया मेरो सुझावले भरिएको यो पत्र दोहोर्याएर पढिदिनु होला भन्ने मेरो बिशेष र सादर अनुरोध छ ।

 


  •  
  •  
  •