बौद्विक सम्पत्ति सम्वन्धि राष्ट्रिय नीति अन्तिम चरणमा

251
  •  
  •  
  •  

काठमाडौं, २ मंसिर(ओएनएस) : बौद्विक  सम्पत्ति सम्वन्धि राष्ट्रिय नीति को मस्यौदा अन्तिम चरणमा पुगेको उद्योग मन्त्री महेश बस्नेतले बताएका छन् ।  अवको  चाँडैनै त्यसलाई पुरा गरिने उनले जानकारी दिए । बस्नेतले  बन्दै गरेको नयाँ नीतिले नेपालमा लगानीमैत्री वातावरण बनाउन सहयोग गर्ने उनले बताए ।

उद्योग मन्त्रालयसँगको समन्वयमा वल्र्ड इण्टेलेक्चुअल प्रपर्टी  अर्गनाइजेशन’द्वारा सोमवार राजधानीमा आयोजित उपक्षेत्रीय कार्याशाला उद्घाटन गर्दै उद्योगमन्त्री महेश बस्नेतले यस्तो जानकारी दिएका हुन् । सो अवसरमा उनले नेपालमा लगानीको वातावरण् बन्दै गएको बताए ‘देशमा लगानी भित्रन थालेसँगै मुलुकको आर्थिक विकासले गति लिन्छ’ उनले भने ।
कार्यक्रममा अर्गनाइजेशनअन्तर्गत एशिया एण्ड प्यासिफिक क्षेत्रीय ब्यूरोका उपनिर्देशक हुसिन मोयाउद्दिनले अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट ‘शेयर’ गरिएका ज्ञानको संरक्षणमा ध्यान दिन नेपाल सरकारलाई आग्रह गरे ।

त्यस्तै बङ्गलादेशलगायत कतिपय देशमा‘‘नलेज ट्रान्सफर’ सम्बन्धी सञ्चालित विभिन्न  आयोजना विना कुनै उपलब्धी खेर गइरहेको जानकारी दिदै नेपालमा यस्तो नहुने विश्वास व्यक्त गरे । साथै नेपालजस्ता अतिकम विकसित राष्ट्रमा अर्गनाइजेशनमार्फत बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी दर्जनौं कार्यक्रम सञ्चालन भएकोमा नेपालमा पनि यस्तो कार्यक्तम सञ्चालन गर्न सकिने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले नेपाली सूचना प्रविधिको श्रोत्रमा दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिको अभाव रहेको बताए । साथै औद्योगिक ऐनले पनि नेपालमा बौद्धिक सम्पत्तिको अधिकार सुरक्षित गर्न भूमिका खेलेको बताए । उद्योग विभागका महानिर्देशक धु्रवलाल राजवंशीले नेपालको आईटी सिष्टमलाई अझ प्रभावकारी बनाउन कार्यशालाले योगदान गर्ने उनको भनाइ छ ।

कार्यशालामा नेपालसहित भूटान, अफगानिस्तान, सिङ्गापुर, मलेसिया, बङ्गलादेशलगायत मुलुकका विज्ञ सहभागी छन् । कार्यशाला तीन दिनसम्म सञ्चालन हुने छ ।


  •  
  •  
  •  

Comments are closed.