एसपी विष्टलाई बर्खास्त गर्न सिफारिस

420
  •  
  •  
  •  

काठमाडौं, ४ कार्तिक (ओएनएस) : कञ्चनपुर हत्या प्रकरणको छानबिनमा गम्भीर लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले तत्कालीन प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस गरेको हाे।

प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीका अनुसार प्रहरी प्रधान कार्यालयले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको थियाे। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकाे अादेशमा उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरिएकाे हाे।

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृह मन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।


  •  
  •  
  •