निर्मला हत्या प्रकरण : अाश‌ंकामा रहेका सुरक्षाकर्मीमाथि अनुसन्धान हुँदैछ – उपप्रधानमन्त्री पोखरेल

114
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौँ (ओएनएस) : कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ट अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समेत कञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठोस प्रमाण फेला पार्न सकेका छैनन्।

तर छानविन समितिले दिएकाे प्रारम्भिक प्रतिवेदनकाे अाधारमा कञ्चनपुर हत्या प्रकरणको अनुसन्धान गर्ने क्रममा चरम लापरवाही तथा गल्ति गरेकाे भन्दै गृह मन्त्रालयले सीआईबीका डिएसपीसहित पाँच प्रहरी निलम्बित गरेपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा सुरक्षा अधिकारीकै संलग्नता रहेको बताएका छन् ।

सञ्चारिका समूहको सातौ महाधिवेशन तथा २२ औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्रहरी प्रशासनकै लापरवाहीले पन्तको बलात्कार र हत्यापछि चर्कियाे अान्दाेलनले मनाविय क्षति भएकाे बताए।
उनले निर्मला पन्तको निर्मम ढंगको हत्या सुरक्षा अनुसन्धानमा संलग्न रहेका प्रहरीहरु बाट नै भएकाे कतिपय मान्छेले अनुमान समेत लगाए।

उनले भने,’साेहीअनुमान र छानविन समितिले दिएकाे प्रतिवेदनकाे अाधारमा उनीहरुलाई कारबाही, निलम्बन पनि गरिसकियो । अहिले उनीहरु कसरी संलग्न भन्ने गम्भीर खोजी हुँदैछ ।’

उनले २ दिन ४ दिन ढिला भएपनि निर्मलाको बलात्कार र हत्यामा संलग्न गिरोह उम्कन नपाउने पनि प्रतिवद्धता जनाए । साथै उनले केही दिन ढिला हुँदैमा अपराधी उम्किन्छन् कि भन्ने त्रासमा नरहन पनि अनुरोध गरे ।


  •  
  •  
  •