काठमाडौँ महानगरमा फेरिए प्रशासकीय अधिकृत, न्यौपानेले सम्हाले जिम्मेवारी

784
  •  
  •  
  •  

काठमाडौं, १६ वैशाख (ओएनएस) : काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सचिव केदार न्यौपानेले पदबहाली गरेका छन्।

मन्त्रिपरिषद्को वैशाख २ गतेको बैठकले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सचिव यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेर उनलाई ल्याउने निर्णय गरेको थियो। न्यौपाने यस अघि प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत थिए।

निर्वाचनपछि काठमाडौं महानगरमा चार जना प्रमुख प्रशासकीय आधिकृत फेरिएका छन्। स्थानीय तहको निर्वाचनताका ईश्वरप्रसाद पौडेल प्रमुख प्रशासकीय अधिकृत (तत्कालीन कार्यकारी अधिकृत) रहेकोमा उनको सरुवा भएपछि सहसचिव धनीराम शर्मा आएका थिए।

त्यसपछि मन्त्रिपरिषद्ले काठमाडौं महानगरमा सचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेर शर्माको सरुवा गरेको थियो। २०७५ वैशाखमा काठमाडौं महानगर आएका सचिव कोइरालाको हालै मात्र सरुवा भएपछि न्यौपाने आएका हुन्।


  •  
  •  
  •