युसुफ पठानको बिस्फोटक ब्याटिङ, बेङग्लोर पराजित

168
  •  
  •  
  •  

KKR vs RCBकाठमाडौँ, २१ बैशाख(ओएनएस) : इण्डियन प्रिमियर लिग(आईपिएल)को गयराती सम्पन्न खेलमा कोलकोता नाइट राइडर्सले जित हासिल गरेको छ । कोलकाताले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गर्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलकाताले खेलेका ८ खेलमध्ये ५ खेलमा जित तथा ३ खेलमा पराजय बेहोर्दै १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

गयराती सम्पन्न खेलमा बेङ्ग्लोरले दिएको १ सय ८६ रनको विजय लक्ष्य पछ्याउने क्रममा ५ बल बाँकी रहँदा आफ्ना ५ विकेट गुमाउँदै उक्त विजय लक्ष्य पुरा गरेको थियो । कोलकातालाई जित दिलाउने क्रममा युसुफ पठानले विस्फोटक ब्याटिङ गरेका थिए । उनले मात्र २९ बलमा ६ चौका र ३ छक्काको मद्दतले अविजित ६० रन जोडेका थिए । यस्तै, आन्द्रे रसेलले ३९ रन, गौतम गम्भिरले ३७ रन जोडेका थिए । बेङग्लोरका लागि युजवेन्द्र चाहलले २ विकेट लिएका थिए । यस्तै, स्टुअर्ट बिन्नी, श्रीनाथ अरविन्द र शेन वाटसनले समान १-१ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको बेङग्लोरले निर्धारित २० ओभरको खेलमा आफ्ना ७ विकेट गुमाउँदै १ सय ८५ रन जोडेको थियो । बेङग्लोरका लागि लोकेश राहुलले ५२ रन, विराट कोह्लीले ५२ रन, शेन वाटसनले ३४ रन जोडेका थिए । यता कोलकाताका लागि मोर्ने मोर्केल र पियुस चावलाले समान २-२ विकेट लिएका थिए भने आन्द्रे रसेल र उमेश यादवले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच आन्द्रे रसेल घोषित भएका छन् ।

आजको खेलमा गुजरात लायन्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिष्पर्धा हुनेछ ।


  •  
  •  
  •