केकी अधिकारी अचेल निकै तनावमा

77
  •  
  •  
  •  

नायिका केकी अधिकारी अचेल निकै तनावमा छिन् । सिभिल बैंकले ऋण तिर्न ताकेता गर्दै मंगलबार ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि उनी झनै तनावग्रस्त भएकी हुन् । बाबु फिल्म निर्देशक तथा शिक्षक बद्री र आमा लक्ष्मी अधिकारीले बैंकबाट ऋण लिँदा केकी जमानी बसेकी थिइन् ।

स्कुल सञ्चालन र ज्यान हाजिर छ नामक फिल्मबाट घाटा भएकाले अधिकारी परिवारको आर्थिक अवस्था बिग्रिएको बताउने गरिएको छ । निर्देशक बद्रीले जोरपाटीमा स्कुल सञ्चालन गर्दै आएका थिए । तर, व्यवहार बिग्रिँदै गएपछि घरजग्गा धितो राखेर ऋण लिएको उनीहरूको दाबी छ ।

अधिकारी दम्पतीको बिग्रिएको आर्थिक अवस्थाबारे केही समयअघिदेखि नै समाचार आइरहेका थिए । पछिल्लो समय चलचित्र तथा म्युजीक भिडियोमा निकै व्यस्त रहेकी केकीले भने आफूहरूको आर्थिक अवस्था बिग्रिनुलाई समान्य रूपमा लिने गरेकी छिन् । ‘पैसा नहुनु अपराध होइन,’ फोन सम्पर्क हुन नसके पनि केकीको भनाइ छ, ‘हामी हाम्रो समस्या चाँडोभन्दा चाँडो समाधान गर्न प्रयत्नरत छौँ ।’
नयाँपत्रिका


  •  
  •  
  •