विद्यार्थीको क्षमता अभिवृद्धिमा लागि पर्यो के एण्ड के कलेज

93
  •  
  •  
  •  

काठमाडौं, २० भदौ (ओएनएस) : केएण्ड के कलेजमा अध्यनरत बिबिएका विद्यार्थीलाई रोजगार प्रदान गर्नका लागि मेरो जब्स डटकमले एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा कलेजका उत्कृष्ट विद्यार्थीलाई क्षमता अभिवृद्धि लगायत अन्तवार्तामा कसरी उपस्थित हुने भन्ने बिषयमा जानकारी प्रदान गरेको थियो ।

K&Kcollegeintervewएकहप्तासम्म आयोजना भएको तालिममा उत्कृ्ष्ट हुने विद्यार्थीलाई मेरो जब्स मार्फत बिभिन्न संघसंस्थामा जागिर उपलब्ध गराउने छ । कलेजले आफ्ना विद्यार्थीको भविष्य समेत सुनिश्चित गर्ने प्रशिक्षण कार्यक्रमको आयोजना समेत गर्ने गरेको कलेज प्रिन्सिपल रेष बहादुर बस्नेतले जनाए ।

मेरो जब्सका तर्फबाट सुधिर श्रेष्ठले उत्कृष्ट विद्यार्थीलाई जब अवसर उपलब्ध गराउन यस्तो कार्यक्रमको आयोजना गरेको बताए । हालसम्म ६ कलेजमा पुगी प्रशिक्षण दिएको उनले ओएनएसलाई सुनाए ।


  •  
  •  
  •