स्वंयवरपछि दुलाहालाई भाउजुले चुम्बन गरेपछि…..

416
  •  
  •  
  •  

काठमाडौ, २० मंसिर(एजेन्सी) : लखनऊमा फेसबुक तथा ह्वाट्सएपमार्फत एक-अर्काबीच नजिकिएका एक जोडीले विवाह भने एक चुम्बनका कारण गर्न सकेनन् । केटाको भाउजुले केटालाई चुम्बन गर्दा विवाह नै हुन सकेन ।

दुलाहाको भाउजुले दुलाहालाई चुम्बनले गर्दा फेसबुकबाट भेटिएर विवाहको अवस्थामा पुगेका जोडी छुटिन पुगेका छन् । विवाह त रोकियो सँगै दुलाहाले पिटाई तथा बन्धक समेत बन्नुपर्यो । केही उच्च स्तरका मानिसको हस्तक्षेपले मात्र दुलाहाले छुटकारा पाएका थिए ।

Girl_Kissing_Boy

केही दिन पहिले दुईबीच इन्टरनेटमार्फत भेट भयो । दुईबीच समझदारी र प्रेम बढ्दै गएपछि दुवैका परिवार विवाहका लागी सहमत पनि भए । स्वंयवरमा दुलहीले दुलाहालाई माला लगाइदिएपछि दुलाहाकी भाउजुले दुलाहालाई चुम्बन गरेकी थिइन् । यसरी भाउजुले दुलाहालाई चुम्बन गरेपछि दुलही पक्षका मानिसहरू रिसाए र त्यहाँ विवाद सुरू भयो । विवादले उग्ररूप लिँदै गएपछि दुवैपक्षबीच मारपिट पनि हुन थाल्यो । जन्तीहरू त राती नै फर्किए, तर दुलाहा र त्यहाँ रहेका दुलाहाका परिवारलाई दुलही पक्षले कब्जामा लिए । उनीहरूले दुल्लाहालाई रातभर कोठामा बन्द गरेर राखेको आरोप लगाएका छन् ।

बिहान गन्यमान्य व्यक्तिहरूले दुवै पक्षलाई सम्झाउने प्रयास गरे तर कुरा मिलेन । अन्तमा दुलाहा दुलही नलिई फर्किनुपर्यो ।


  •  
  •  
  •  

Comments are closed.