किशोर नेपालको कान्तिपुर गाथा बजारमा

159
  •  
  •  
  •  

काठमाडौं, २५ भदौ (ओएनएस) : वरिष्ठ पत्रकार तथा साहित्यकार किशोर नेपालको पुस्तक कान्तिपुर गाथा बजारमा आएको छ । पुस्तकमा काठमाडौं सहरलाई विभिन्न विम्ब दिएर युवायुवतीको मनोविज्ञानलाई समेटिएका विषयवस्तुलाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमविच सो पुस्तकको विमोचन गरियो । सो अवसरमा प्राध्यापक तथा साहित्यकार अभि सुवेदीले पुस्तकमा काठमाडौंको विभिन्न पक्षको चर्चा गरिएको बताए । ‘म यो पुस्तकलाई गोधुली निवन्ध भन्न रुचाउँछु’, उनले भने ।

पुस्तकमा काठमाडौंको सामाजिक तथा राजनीतिक घटनामाथि व्यंग्य गरेको बताए । सो अवसरमा साहित्यकार खगेन्द्र संग्रौलाले पुस्तक सनातन र नुतन भाषाको संगम भएको बताए । कार्यक्रममा बोल्दै नेपालले आफुले साप्ताहिकमा लेखिएको निवन्धलाई नयाँपन दिइ प्रकाशन गरिएको जानकारी दिए । पुस्तकमा २ सय ५८ ओटा निवन्धहरु छन् । गाथा हराएको शहर र कान्तिपुरमा छरिएका सपना गरी दुई शिर्षकमा निवन्ध लेखेका छन् । निवन्ध लिपी बुक्सले प्रकाशन गरेको हो ।


  •  
  •  
  •