प्युठान, २८ कात्तिक (ओएनएस) : सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्तेगरि राहादानि बनाउन खोज्ने जिल्ला प्रसासन कार्यालय प्यूठानको पियन केदारमान श्रेष्ठको जागिरबाट अवकास दिने भएको छ ।
गत भदौ महिनामा स्याउलिबाङ्ग गाबिसका एक शेवाग्राहिसंग पैसालिएर कीर्ते हस्ताक्षर र सिफारिस राहादानि बिभागमा पठाएको ठहर गर्दै श्रेष्ठलाई जागिरबाट निकाला गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।
कार्यालय सहयोगीका रुपमा करार जागिरे रहेका केदारमान श्रेष्ठमाथि प्रसासनले बिहिबारबाट छानबिन सुरु गरेको थियो । राहादानि बिभागमा सहायक प्रजिअ भुपबहादुर पुन र पिएन केदारमान श्रेष्ठको हस्ताक्षर नमिलेपछि राहादानि बिभाग काठमाण्डौँले जिल्लामा र्फीता पठाएउदा सिफारीसमा कीर्ते गरेको् पत्ता लागेको थियो ।
यो अभियोग लगाए ३ देखि ४ बर्षसम्म कैदहुन सक्ने भन्दै प्रजिअ कुरुम्बाङ्गले उनलाई जागिरबाट निकाल्ने आफुहरुले तयारी गरेको बताए । – सिटी पोख्रेल