आठौ संस्करणमा पहिलो बराबरी, राजस्थान सुपर ओभरमा पराजित

157
  •  
  •  
  •  

panjabकाठमाडौ, ९ बैशाख(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल)को गयराती सम्पन्न खेलमा राजस्थान रोयल्सले पहिलो हार बेहोरेको छ । सुपर ओभरमा पुगेको खेलमा राजस्थानले किङग्स इलेभन पञ्जाबसँग पहिलो पराजय बेहोरेको हो ।

१ सय ९२ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ९१ रन नै जोडपछि खेल बराबरीमा टुङ्गिएको थियो । पञ्जाबलाई उक्त स्कोरमा पुर्याउनका लागि सन मार्सले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ६५ रन जोडेका थिए । यस्तै, डेभिड मिलरले ३० बलमा ५४ रन जोडेका थिए । राजस्थानका लागि क्रिस मोरिस, प्रविण ताम्बे, दीपक हुड्डा र राहुल तेवातियाले समान १-१ विकेट लिएका थिए ।

यसअघि राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन जोडेको थियो । उसका लागि अजिक्य रहाणेले ५४ बलमा ७४ रन जोडेका थिए भने सेन वाटशनले ३५ बलमा ४५ रन र करून नायरले १३ बलमा २५ रन जोडेका थिए । पञ्जाबका लागि अक्षर पटेलले २ विकेट, सन्दीप शर्मा, अनुरित सिंह, मिचेल जोनसन, शिभम शर्माले समान १-१ विकेट लिएका थिए ।

खेल बराबरीमा सकिएपछि सुपर ओभरमा पुगेको खेलमा पहिले ब्याटिङ गर्दै पञ्जाबले सन मार्सको तीन चौकाको मद्धतले १५ रन जोडेको थियो । १६ रनको विजय लक्ष्य पछ्याएको राजस्थानले ७ रन जोड्दा ३ बलमा २ विकेट गुमाएपछि खेल पञ्जाबले ८ रनले जितेको थियो ।

खेलको म्यान अफ दी म्याच सुपर ओभरमा ३ बलमा १२ रन र ४० बलमा ६५ रन जोडेका सन मार्स घोषित भएका छन् ।

आईपिएलमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुनेछ भने रोयल च्यालेन्जर्स बेङ्लोरले चेन्नई सुपर किङ्ग्सको सामना गर्ने छ ।


  •  
  •  
  •