पुर्वराजाको स्वास्थ्य स्थिर

124
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस) हृदयघात भएपछि अस्पताल भर्ना भएका पुर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ । गएराती नर्भिक अस्पतालमा भर्ना भएका शाहलाई सामान्य हृदयाघात भएकाले उपचार जारी राखिएको र उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

गएराती नै अस्पताल पुर्याइएका शाहको उपचारका क्रममा कोरोनरी रक्तनलीलाई एन्जियोप्लाष्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको छ । शाहको नर्भिक अस्पताको विशिष्ट कक्षमा उपचार भइरहेको छ ।

रगतनलीमा ७० प्रतिशतभन्दा बढी अवरोध हुँदा र पुन हृदयघातको सम्भावना भए स्ट्याण्ड लगाउने गरिन्छ । अहिलेसम्म अस्पतालले आधिकारीक रुपमा स्वास्थ्य स्थितिबारे जानकारी दिएको छैन् ।

यसैबीच  एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्।

स्वास्थ्य लाभको कामना गर्दै नर्भिक अस्पताल पुगेका भट्टराईले पूर्वराजको स्वास्थ्य लाभका लागि अस्पताल परिसरमा राखिएको स्वास्थ्य लाभ पुस्तिकामा हस्ताक्षर गर्दै ‘सिघ्र स्वास्थ्य लाभको कामना’ लेखेका छन्।


  •  
  •  
  •