पूर्व राजाले ज्ञानेन्द्रले थाले पुर्वपञ्चबीच एकताको पहल

121
  •  
  •  
  •  

काठमाडौं २२ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चहरूबीच एकताको पहल सुरु गरेका छन् । संविधान निर्माणमा दलहरूबीच सहमति जुट्न नसकिरहेका बेला पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बलियो हुनुपर्ने भन्दै चार पूर्वप्रधानमन्त्रीलाई एकसाथ राखेर एकताको पहल सुरु गरेका हुन् ।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले शनिबार बिहान साढ ११ देखि पौने २ बजे सम्म पूर्वप्रधानमन्त्रीहरूसँग लन्च बैठक गरी पुर्वपञ्चहरूबीचको एकतामा जो ड दिएका छन् । पूर्वराजा शाहले पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि विष्ट र डा.तुल्सी गिरीसँग शनिबार नागार्जुन दरबारमा दइु घन्टा लामो ‘लन्च’ सहितको बैठक गरेका थिए ।

राजतन्त्रको पक्षमा वकालत गर्दै आएका गिरी, विष्ट र चन्दसँगै गणतन्त्रको पक्षमा रहेका राप्रपाका निवर्तमान अध्यक्ष थापालाई समत बोलाएर पुर्वराजा शाहले एकता अनिवार्य रहेको बताएका थिए आजकोर राजधानी दैनिकल खबर छापेको छ । थापा पछिल्ला े समयमा राप्रपा अध्यक्ष पुशपतिशमशेर राणासँग असन्तुष्ट छन् भने चन्द थापाकै कार्यकालमा आफैंलाई अध्यक्ष  घोषणा गरी राणालाई अध्यक्ष मान्न अस्वीकार गरिरहेका छन् ।

राप्रपाका दुई हैसियतवाला नेतासहित आपूmलाई सदैव साथ दिँदै आएका विष्ट र गिरीलाई पनि साथमा राखेर आफ्नो शक्ति बढाउन पूर्वराजाले योजना बनाएको स्रोतको भनाइ छ ।

सो बैठकमा संविधान बन्न सक्ने अवस्था, नबनेको अवस्थामा चाल्नुपर्ने कदम र हिन्दू अधिराज्य कायमको विषयमा समेत पूर्वराजाले सुझाव लिएको स्रोतले बतायो । ‘संविधानसभाबाट नयाँ संविधान बन्न सक्ने अवस्था छ कि छैन ? नबनेको अवस्थामा के गर्न सकिन्छ ? बन्यो भने

ज्ञानेन्द्रले थालेको पुर्वपञ्चबीचको एकता पहल कसरी आफूहरुको मुद्दालाई समावेश गराउन सकिन्छ भन्दै सुझाव माग्दै नाडी छाम्ने काम भयो,’ पूर्वप्रधानमन्त्रीसँगको बैठकबारे स्रोतले राजधानीसँग भन्यो ।

यसैगरी, पूर्वराजा शाहले सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नैपर्ने आवश्यकतामा समेत जोड दिएको स्रोतले बतायो । ‘नयाँ पार्टी गठन गर्ने कि पुरानै पार्टीमा सबै पूर्वपञ्चलाई अटाउन सक्ने वातावरण निर्माण गर्ने भन्ने विषयमा समेत छलफल भयो,’ पूर्वराजानिकट स्रोतले भन्यो, ‘संविधान बन्न सक्छ कि सक्दैन भन्ने कुराको विश्लेषण भयो, कांग्रेस–एमाले र एमाओवादी इतरको शक्ति निर्माणका लागि योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा पनि पूर्वराजाले राखेका छन्, पूर्वपञ्चलाई एक ठाउ ै ँमा ल्याएर सशक्त वैकल्पिक शक्ति निर्माणको पहलस्वरूप भेटवार्ता भएको हो ।’ सा्रतका अन े सार प ु वूराजार्ल से विधानसभाका ं पहिलो, दोस्रो र तेस्रो दल कांग्रेस, एमाले र  एमाओवादीलाई काउन्टर दिन नयाँ शक्ति जन्माउनुको विकल्प नभएको धारणा राखेका थिए ।

‘यिनीहरूइतरको नयाँ शक्ति बन्नैपर्छ भन्ने पूर्वराजाको भनाइ थियो,’ स्रोतले भन्यो । अत्यन्त गोप्य राखिएको भेटवार्ताबारे चारै प्रधानमन्त्रीले भने कुरा गर्न अस्वीकार गरेका छन् । भेटबारे प्रतिक्रिया लिन पटक–पटक टेलिफोन सम्पर्क गर्दा पनि पुर्वप्रधानमन्त्री चन्द सम्पर्कमा आउन चाहेनन् ।
‘सम्माननीयज्यू यहीँ हुनुहुन्थ्यो, अर्काे कोठामा जानुभएछ, सम्पर्क गराउन नसकिने भयो,’ पटक–पटकको प्रयास पछि चन्द निवासमा टेलिफोन उठाउने सहयोगीले भने, ‘उहाँलाई अलिक सन्चो पनि भएन अहिलेबाटै, अब कुरा गराउन सम्भव नहुने भयो ।’ अर्का पूर्वप्रधानमन्त्री विष्टले पनि
नागार्जुनको लन्च बैठकमा आफू सहभागी नभएको भन्दै जसले सूचना चुहायो उसैलाई बैठकको एजेन्डाबारे कुराकानी गर्न भन्दै फोन राखिदिए । ‘म गएकै छैन, जसले सूचना दियो उसैसँग सोध्नोस् न,’ विष्टले भने ।

स्रोतका अनुसार लन्च मिटिङबारे गोप्यता कायम गर्ने भन्दै चारै पूर्वप्रधानमन्त्री नागार्जुनबाट बाहिरिएका थिए । यद्यपि, स्रोतले भने लन्च मिटिङमा संविधानमा राजतन्त्र र सनातन हिन्दू धर्म कायम गराउन विषयमा समेत गम्भीर कुराकानी भएको दाबी गरेको छ ।

सो बैठकमा पुर्वराजा विशेषगरी संविधान कसरी बन्छ भन्छ भन्दै चारवटै पुर्वप्रधानमन्त्रीसँग जिज्ञासा राखेको र स नबनेको अवस्थामा तयार पार्ने रणनीतिबारे सुझाव लिएका थिए । राजतन्त्रलाई छाडेर संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि पूर्वप्रधानमन्त्री थापाले लामो समयदेखि बृहत् प्रजातान्त्रिक एकताको कुरा गर्दै आएको कारण शाहले उनीसहित चार पूर्वपञ्चबीच लन्च मिटिङ बोलाएको नागार्जुननिकट स्रोतले जनाएको छ ।
आजको राजधानी दैनिकमा खबर छ ।


  •  
  •  
  •