सुझबुझका साथ अघि बढ्न पुर्वराजको कामना (विज्ञप्तीसहित)

83
  •  
  •  
  •  

काठमाडौं,१६ असोज (ओएनएस): पूर्वराजा ज्ञानेन्द्र शाहले प्रकृति, प्रवृत्ति, राजनीति र परिस्थितिलाई सुधार्न सुझबुझका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन ।  विजयादशमीको अवसरमा शुभकामना सन्देश दिंदै पुर्वराजाले प्रकृति र राजनीतिले देशलाई अन्यौलग्रस्त र आक्रान्त पारेको उल्लेख गरेका छन् ।  उन अहिलेको परिस्थितिलाई सुधार्दै राष्ट्रका सबै भेग, सबै पक्ष, सबै समूह, सबै समुदाय र सबै क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।
पूर्व राजाले दिएको शुभकामना सन्देश जस्ताको तस्तै स्
पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट बिजया दशमी २०७१ को

शूभ उपलक्ष्यमा बक्सेको शूभकामना ।

प्यारा नेपाली दिदी वहिनी तथा दाजूभाइ,
वडा दशैको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहे वसेका समस्त नेपाली दाजूभाइ दिदीवहिनीहरुमा सूख, शान्ति, समृद्धी र प्रगतिका लागी हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछु ।
प्रकृती र राजनितीको निती वा नियती भनौ यो वर्ष व्यतित वर्षायाम पनि हाम्रो निम्ति अनूकूल रहेन । वाढी, पहिरोको पिडादायी क्षति र राजनितीको अन्यौल ग्रस्त स्थितीवाट हामी अझै आक्रान्त छौ । प्रकृती, प्रवृती, राजनिती र परिस्थितीलाई सूधार्दै राष्ट््का सवै भेग, सवै पक्ष, सवै समुह, सवै समूदाय र सवै क्षेत्रलाई समेटेर सूझबूझका साथ अघि बढ्नू पर्ने आजको आवश्यकता हो । परिवर्तित समयलाई ख्याल राखेर कसैलाई पनि किनारा नलगाई सामाजिक सद्भाव र राजनितीक समन्वयको माध्यमबा६ हामीले हाम्रो समूचित गन्तव्य खोज्नू पर्दछ ।
नेपाल राष्ट्रको दिगो र दरबिलो विधि व्यवस्था वांधन, स्थिती बन्दोवस्त बसाल्न र समाज समृद्धीको मार्ग प्रशस्त गर्न  श्री नव दूर्गा भवानीले हामी सवैलाई सही वूद्धि, सही शक्ति र सही प्रेरणा प्रदान गरुन । यही मेरो कामना छ ।
जय नेपाल ।

 


  •  
  •  
  •