पूर्वराजाले सर्वसाधारणलाई दसैंको टीका नलगाउने

124
  •  
  •  
  •  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । धपेडी हुने भन्दै डाक्टरहरुले आरा मगर्न सुझाएपछि उनले विगतको परम्परालाई निरन्तरता नदिने भएका हुन् ।

केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयघातको उपचार गराएका पूर्वराजा ज्ञानेन्द्रलाई डाक्टरहरुले आराम गर्न सुझाएका छन् । खानपिनमा पनि ख्याल गर्न उनलाई चिकित्सकहरुको सल्लाह छ । देशमा गणतन्त्र आएपछि पनि पूर्वराजा ज्ञानेन्द्रले हरेक दसैंमा सर्वसाधारणलाई टीका लगाएँदै आएका थिए । स्रोतका अनुसार पूर्वराजा शक्तिपीठहरुमा पनि नजाने भएका छन् । यसअघि उनी सप्तमी र अष्टमीका दिन काठमाडौंका शक्तिपीठहरुमा दर्शन गर्न जाने गरेको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रपतिले भने दसैंको टीका सर्वसाधारणलाई लगाउने र शक्तिपीठहरु दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •