पूर्वराजाबाट दशैंको टीका प्रदान नगर्ने

62
  •  
  •  
  •  

काठमाडौं, असोज १२ असोज (ओएनएस) : पुर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष  महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन नगर्ने भएका छन् ।

केही हप्ता आराम गर्नुपर्ने भन्ने चिकित्सकहरुले दिएको परामर्शका कारण यस शक्तिपीठको दर्शन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको शाहका सहयोगी शाहका सहयोगी फणि पाठकद्वारा आइतवार जारी  जारी विज्ञप्तिमा पूर्व राजाबाट विजयादशमीका दिन पनि टीका प्रदान गर्ने कार्यक्रमसमेत नहुने जनाइएको छ ।

पुर्वराजा शाहलाई केही दिन अगाडि हृदयघात भएको थियो । डाक्टरहरुले केही हप्ता आराम गर्न सल्लाह दिएपछि शाह अहिले पुर्ण रुपमा आराम गरिरहेका छन् ।


  •  
  •  
  •