पुर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

180
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएपछि सोमवार विहान ११ बजे नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।   शनिवार राती एक्कासि चिटचिट पसिना आई असजिलो महसुस भएपछि पूर्वराजा शाहलाई तत्काल नर्भिक अस्पतालमा ल्याई मुटुको एञ्जियोग्राफी र प्लास्टिक एञ्जियोग्राफी दुवै एकसाथ (मुटुमा जाने रगतको नशा खुलाउने प्रक्रिया) गरिएको थियो ।

पूर्वराजाको स्वास्थ्य अवस्था बुझ्न गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झासमेत नर्भिक अस्पताल पुगेका थिए ।

राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पूर्वराजालाई गणतन्त्र नेपालका उपराष्ट्रपतिले भेटेको यो पहिलोपटक हो ।

त्यस्तै पूर्वराजाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल सरकारको तर्फबाट उर्जामन्त्री राधा ज्ञवाली पनि अस्पताल पुगेकी थिइन ।

नेपाली सेनाका प्रधानसेनापति गौरव शमसेर जबराले पनि अस्पतालमा पुगेर पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी लगायत उनको परिवारका सदस्यहरु पनि अस्पतालमै छन् ।

पूर्वराजाको अवस्थाबारे जानकारी पाउन सर्वसाधारण र उनका समर्थकहरुको भीड थापाथलीस्थित नर्भिक अस्पतालमा लागेको छ ।

पूर्वराजालार्इ अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।


  •  
  •  
  •