पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख

78
  •  
  •  
  •  

काठमाडौँ, ५ असोज (ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।

शनिवार राती एक्कासि चिटचिट पसिना आई असजिलो महसुस भएपछि पूर्वराजा शाहलाई तत्काल नर्भिक अस्पतालमा ल्याई मुटुको एञ्जियोग्राफी र प्लास्टिक एञ्जियोग्राफी दुवै एकसाथ (मुटुमा जाने रगतको नशा खुलाउने प्रक्रिया) गरिएको थियो । हाल उनँको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. भरत रावतले जानकारी दिए ।

शाहको उपचारमा मुटुरोग विशेषज्ञद्वय रावत र डा. यादव भट्ट संलग्न रहेका छन् । पुर्वराजा शाहलाई हाल क्रोरोनरी केयर युनिट (सिसियु)मा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजाको स्वास्थ्य स्थितिबारे जानकारी लिन अहिले अस्पताल परिसरमा उनका शुभचिन्तकहरू जम्मा भएका छन् । शुभेच्छुकहरुले पुर्वराजाको शीघ्र स्वास्थ्यलाथको कामना गरेका छन् । यसैबीच पुर्वप्रधानमन्त्री एवंएकीकृत माओवादीका नेता बाबुराम भट्टराईले हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्।

स्वास्थ्य लाभको कामना गर्दै नर्भिक अस्पताल पुगेका भट्टराईले पूर्वराजको स्वास्थ्य लाभका लागि अस्पताल परिसरमा राखिएको स्वास्थ्य लाभ पुस्तिकामा हस्ताक्षर गर्दै ‘सिघ्र स्वास्थ्य लाभको कामना’ लेखेका छन्।


  •  
  •  
  •