दिनमा ५ सय पटक सेक्स गर्दा पनि नभएपछि किमको गर्भवती बन्ने नयाँ उपाय

275
  •  
  •  
  •  

काठमाडौ/ एजेन्सी : केही दिन अगाडि गर्भवती हुनका लागि रियालिटी स्टार किम कार्दासिनले दिनमा ५ सय पटक सेक्स गरेको खुलासा गरेकी थिइन् । यसका बाबजुत पनि आफू गर्भवती हुन नसकेकोमा निकै चिन्ता समेत व्यक्त गरेकी थिइन् । तर, चिकित्सकहरुले उनलाइ यस्तो नगर्न सल्लाह दिएका छन् ।

डेलि मेलमा प्रकाशित समाचार अनुसार किम कार्दासिनका चिकित्सकहरूले उनलाई धेरै पटक सेक्स नगर्न आग्रह गरेका थिए । चिकित्सकले चेतावनी दिँदै गर्भवती हुनका लागि एक पटक सही तरिकाले सेक्स गरे पुग्ने बताएका छन् ।

यता किमले गर्भवती हुनका लागि आफूले हरेक कुराको ट्राई गरिसकेको तर गर्भवती हुन नसकेको स्विकार गरेकी छिन् । ३४ वर्षीय किमले गर्भवती हुनका लागि पुरानो सबै तरिका छाडेर नयाँ तरिका अपनाउने निर्णय लिएको समाचारमा जनाइएको छ । उनका अनुसार उनले गर्भवती हुनका लागि विगत ८-१० महिनादेखी हरेक उपाय अपनाइसकेकी छिन् । उनले यति धेरै प्रयास गर्दा पनि सफलता किन नपाएको भन्ने कुरा बुझ्न नसकेकोमा गुनासो गरेकी छिन् र उनले अब सबै काम गलत तरिकाले गर्न चाहन्छिन् ताकी उनी गर्भवती बन्न सकून ।

उनी भन्छिन्, ‘जो महिलाहरू बच्चा चाँहदैनन् उनीहरू कसरी सहजै गर्भवती हुन्छन् ।’ उनका एक छोरा छन् र उनले अर्को सन्तानको इच्छा राखेकी हुन् ।


  •  
  •  
  •