किम जोग उनले स्कटल्याण्डमा रेष्टुरेन्ट खोल्ने, कुकुरको मासु पकाउने

503
  •  
  •  
  •  

kim jong un to open resturent in scotlandकाठमाडौ, २९ पुस(एजेन्सी) : उत्तर कोरियाका तानाशाह किम जोगं उनले बेलायतमा रहेको आफ्नो सरकारी रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाइरहेका छन् । नयाँ ठाऊँका रूपमा उनले स्कटल्याण्डलाई रोज्ने समाचारहरुमा जनाइएको छ ।

‘प्योंगयांग’ रेष्टुरेन्टको श्रृंखला अन्तर्गत पहिलै नै एसियाका दुई देशमा सञ्चालित गरिएको छ । यदी स्कटल्याण्डमा रेष्टुरेन्ट खुल्यो भने त्यो युरोपको दोस्रो उत्तर कोरियाली सरकारी व्यजन बनाउने दोस्रो रेष्टुरेन्ट हुनेछ । तर, यस विषयमा लण्डनमा रहेको उत्तर कोरियाली दुतावासले कुनै जवाफ दिएको छैन् ।

उत्तर कोरियाको पहिलो सरकारी रेष्टुरेन्ट सन् २०१२ मा एम्सटर्डममा खोलिएको थियो । उक्त रेष्टुरेन्टको ३० प्रतिशत आम्दानी प्योंगयांगले पाउँछ । तर, आलोचकहरूका अनुसार तानाशाह किम जोंग उन आफ्नो सुविधायुक्त जीवनयापनका लागी उक्त रकम प्रयोग गर्ने गर्छन् ।

उत्तर कोरियाली नेतृत्वमा काम गरिरहेका सम्पादक माइकल म्याडेनले भने, ‘उत्तर कोरिया युरोपीय देशहरूको साथमा राजनैतिक सम्बन्ध बनाउन हतारिएको छ । खागरी वामपन्थी झुकाव राख्ने देशको साथमा ।’

म्याडेनले भने, ‘यसमा कुनै आश्चर्यको कुरा छैन् की त्यो देश स्कटल्याण्ड होस् ।’ प्योंगयांग रेष्टुरेन्ट अफिस ३९ को साझेदारीमा सञ्चालित भइरहेको छ । यो उत्तर कोरियाली सरकारको एक गोपनीय शाखा हो, जसले विदेशी रकम जुटाउनका लागि कानुनी तरिकाबाट उनीहरूलाई प्रयोग गरिरहेको छ ।
रेष्टुरेन्टमा के बन्नेछ छ विषेश खानाः
कोल्ड नुडल्स
कटलफिस
किमची(शाहाकारी खाना)
डग मिट सुप(कुकुरको मासुको सुप)
गिंगसेंग वाइन


  •  
  •  
  •