किम जोंग उनद्वारा सेनालाई आक्रमणका लागि तयार रहन आदेश

319
  •  
  •  
  •  

काठमाडौँ, २१ फागुन(एजेन्सी) : उत्तर कोरियाका तानाशाह किम जोंग उनले विश्वलाई पुनः धम्की दिएका छन् । किम उनले आफ्नो न्युक्लियर हतियार तयार भएको र जतिबेला पनि प्रहार गर्न सकिने बताएका छन् । देशको सेनालाई पनि तयार रहन आदेश दिएका छन् ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसीएनए)का अनुसार उनले शुक्रबार सेनालाई आक्रमणका लागि तयारी गर्न आदेश दिएका छन् । उनले भने, ‘अहिलेको अवस्था निकै खतरानाक छ । हामीले न्युक्लियर हतियारको प्रयोगका लागि सधै तयार रहनुपर्छ ।’

उनको उक्त धम्की संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियामा सबैभन्दा कडा प्रतिबन्ध लगाएपछि आएको हो । उत्तर कोरियामा कोइला र आइरनसहित अन्य मिनरल्स निर्यातमा प्रतिबन्ध लगाइएको छ । साथै उत्तर कोरियालाई विमान र रकेटका लागि आवश्यक पर्ने इन्धनमा पनि रोक लगाइएको छ ।

उत्तर कोरियाले अहिलेसम्म चार वटा न्युक्लियर र लामो दूरीको मिसाइल टेष्ट गरिसकेको छ । सुरक्षा परिषद्ले सबै देशलाई उत्तर कोरियाबाट आउने-जाने कार्गो विमानलाई विमानस्थल र समुन्द्र बन्दरगाहमा जाँच गर्न भनेको छ ।


  •  
  •  
  •