नुवाकोट, १ माघ (ओएनएस) : नुवाकोटमा एक ब्यक्तको चिर्पट प्रहार गरि हत्या भएको छ ।
नुवाकोट विदुर नगरपालिका–८ स्थित राइसिङको क्यौरिनी चौतारामा सोमबहादुर तामाङले चिर्पट प्रहर गरी सजित तामाङको हत्या गरेका हुन् ।
आपसी विवाद हुँदा सोमबहादुरले चिर्पट लिएर सजितमाथि जाइलागेका थिए ।
प्रहरीका अनुसार अभियुक्त सोमबहादुर विदुर–८ राइसिङका हुन् भने मृत्यु हुने २१ बर्षिया सजित चारघरे–८ मूलाबारीका हुन् ।
सोमबहादुरलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको छ ।