गर्भवति प्रेमिकालाई जिउँदै जलाउने प्रंयास

197
  •  
  •  
  •  

काठमाडौं १५ वैशाख (एजेन्सी) :  एक चिनियाँ पुरुषले आफ्नी २१ वर्षीया गर्भवती प्रेमिकालाई जिउँदै जलाउने प्रयास गरेका छन् । उनले सुतिरहेको ठाउँबाट तानेर बाहिर निकाले, ग्याँसको सिलिन्डर उनको पछाडि बाँधेर आगो लगाइदिएका छन् ।

ली मोउलियान नामा ३६ बर्षका ती युवकले आफ्नी प्रेमिका जु फानलाई मध्य रातमा सुतिरहेको बेलामा घिसारेर ग्याँसको सिलिन्डर बाहिर पछाडि बाँधेर एउटा कारभित्र हालेका थिए ।
दक्षिणी चीनको गुवाङडन प्रान्तको ह्युुझाउ शहरमा द्दटना भएको केहीबेरमा प्रहरी पुगेपछि कारभित्र जलिरहेको अवस्थामा युवतिलाई बाहिर निकालेको थियो । छिमेकीले प्रहरीलाई खबर गरेर ज्याज जोगिएपनि दुवै जनाको अवस्था चिन्ता जनक रहेको छ । ती युवक पनि ग्यासको आगाले डढेका छन् ।
दुवैजना अहिले  अस्पतालमा  मृत्युसँग जुधिरहेका छन् । ती गर्भवती महिलाको बच्चा भने सकुसल रहेको dailymail.co.uk/ ले जनाएको छ ।

  •  
  •  
  •