क्याम्पस प्रमुखसहित तीन जना २४ घण्टापछि ‘अपहरणमुक्त’

131
  •  
  •  
  •  

Bhisma-Thapa-Campus-Chief-Lamki-Multiple-Campusधनगढी, ५ फागुन  (ओएनएस) : कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित ३ जना ‘अपहरणमुक्त’ भएका छन् ।

स्ववियु निर्वाचनको मिति नजिकिदै जाँदा बुधबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख कमल विष्ट र प्राध्यापक अम्मर रावल २४ घण्टापछि सम्पर्कमा आएका हुन् ।

लम्की चुहा नगरपालिकाको अमौरीबाट सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनबहादुर साउँदले जानकारी दिए । अपहरण परेको वा अपहरणको नाटक गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए ।

केन्द्रमा विद्यार्थी संगठनहरुबीच निर्वाचनको मिति सार्ने सहमति भएपछि रिहा गरिएको विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीका एक विद्यार्थी नेताले ओएनएसलाई बताए ।

सम्बन्धीत समाचार
क्याम्पस प्रमुखलाई ‘अपहरण’ मुक्त गर्न माग गर्दै लम्कीमा विद्यार्थीको प्रदर्शन


  •  
  •  
  •