सीरियामा अपहरणमा परेका तीन स्पेनी पत्रकार रिहा

196
  •  
  •  
  •  

काठमाडौँ, २६ बैशाख(एजेन्सी) : सीरियामा कार्यरत रहँदा अपहरणमा परेका तीन स्पेनिस पत्रकारहरू मुक्त भएका छन् । तीनै पत्रकारहरू स्पेन फर्कने तयारीमा रहेको त्यहाँको सरकारले जानकारी दिएको बीबीसीले जनाएको छ ।

गत वर्ष सीरियामा कार्यरत रहँदा इस्लामिक स्टेट(आईएस) नियन्त्रित क्षेत्र सीरियाको एलेप्लोबाट एन्टोनियो पाम्प्लिगा, जोस म्यानुएल लोपोज र एन्जेल सास्त्रे अपहरणमा परेका थिए । तर, अझै सम्म पनि उनीहरूलाई कसले अपहरण गर्‍यो भन्ने विषयमा केही खुल्न सकेको छैन् ।

स्पेनको सरकारद्वारा जारी विज्ञप्तिमा उनीहरू सुरक्षित तथा स्वस्थ रहेको र उनीहरू टर्की जानका लागि पर्खिरहेको जनाइएको छ । विज्ञप्तिमा उनीहरूलाई टर्कीबाट स्पेन ल्याइने समेत उल्लेख छ । विज्ञप्तिमा ती पत्रकारहरूलाई छूटाउनका लागि टर्की र कतारका सहयोगीहरूले सहयोग गरेको समेत उल्लेख गरिएको छ ।

स्पेन पत्रकार महासंघकी अध्यक्ष इल्सा गोन्जालेजले पत्रकारहरूको रिहाई भावनात्मक र खुसियालीपूर्ण रहेको उल्लेख गरेकी छन् ।
सन् २०१४ मा पनि दुई स्पेनिश पत्रकारहरू छ महिनापछि आईएसले रिहा गरेको थियो ।

सीरियालाई पत्रकारहरूका लागि सबैभन्दा खतरानाक देशका रूपमा समेत पत्रकारितासम्बन्धी विभिन्न संघसंस्थाले भन्दै आएका छन् ।


  •  
  •  
  •