‘किक’को धमाकेदार सुरूवात, सलमानलाई राहत

83
  •  
  •  
  •  

काठमाडौ, १० साउन : बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘किक’ले बक्स अफिसमा धमाकेदार सुरूवात गरेको छ । यस चलचित्रले पहिले दिन अर्थात् शुक्रबार २६ करोड भारतीय रूपैयाँ भन्दा बढि कमाएको छ । चलचित्र देशभरमा करिब ४ हजार ४ सय स्क्रिनमा प्रदर्शन गरिएको थियो । ‘किक’लाई सलमान खानका पछिल्ला अन्य चलचित्रभन्दा निकै राम्रो सुरूवात मिलेको छ ।

kick posterशुक्रबार ‘किक’ हेर्नका लागि दर्शकहरूको निकै ठूलो भिड जम्मा भएको थियो । मुम्बईका प्राय सबै हलहरू हाउसफुल रहेका थिए । यस्तै दिल्ली, युपी, इस्ट पञ्जाब, राजस्थान, गुजरात, वेष्ट बंगाल, बिहारमा पनि चलचित्रले शानदार प्रदर्शन गरेको थियो । यी शहरहरूमा पनि रातीका शोहरू समेत हाउसफुल भएका पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘किक’का लागिखुसीको कुरा के हो भने हलहरूमा दर्शकको भीड बिहान भन्दा बेलुका बढ्दै गएको थियो ।

चलचित्र समिक्षकहरूको भनाईलाई मान्ने हो भने चलचित्र आज पनि बक्स अफिसमा पनि राम्रो कमाई गर्ने छ । चलचित्र हेर्नका लागि दर्शकहरूले बिहानदेखी बेलुकासम्मका सबै हलहरूमा बुकिङ्ग भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘किक’का निर्माता-निर्देशक साजिद नाडियाडवाला हुन् । यस्तै, ‘किक’ले सलमानको पछिल्लो चलचित्र ‘जय हो’ को तुलनामा शानदार प्रदर्शन गरेको छ । ‘किक’ले राम्रो सुरूवात गरेपछि सलमान खानलाई केही राहत मिलेको छ । उनको पछिल्लो चलचित्र ‘जय हो’ राम्रो व्यापार गर्न नसक्दा केही हतोत्साही भएका थिए ।


  •  
  •  
  •