शाहरुख र अमिरलाई पछि पार्दै सलमान बलिउडमा फेरी नम्बर वान

235
  •  
  •  
  •  

काठमाडौ, १५ साउन (ओएनएस) : ईद बलिउड सुपरस्टार सलमान खानलाई यो बर्षको ईद निकै फाप्यो । उनको अभिनय रहेको ‘किक’ ले ईदकै दिनसम्म १ करोडको व्यापार गर्यो । उनको फिल्मले चलेको ५ दिनमै एक करोडको व्यापार गर्न सफल भएको हो । कथा र बिषयबस्तुका हिसाबले कमजोर रहेपनि किन सफल हुन्छन् सलमानका फिल्म अहिले बलिउडमा पनि बहसको् बिषय बनेको छ ।
यो भन्दा अगाडि रिलिज भएको ‘जय हो’ ले पनि एक करोड भन्दा बढी कारोबार गरेको थियो । भारतिय संचारमाध्यमले किकको कमाईलाई मुल्यांकन गर्दै भनेकाछन, ‘अमिर खानको धूम ३ र शाहरुखको चेन्नई एक्सप्रेसलाई निकै पछाडि पार्दै सलमानले ्फेरी एकपटक बलिउडमा आफ्नो पहिलो स्थान सुरक्षित गरे ।’


  •  
  •  
  •