तोडियो ‘थ्री इडियट्स’को रेकर्ड, खतरामा ‘चेन्नई एक्सप्रेस’

237
  •  
  •  
  •  

काठमाडौ, २० साउन(एजेन्सी) : पाँच दिनमा एक सय करोड कमाउन सफल भएको सलमान खान र ज्याकलिन फर्नाण्डेजको चलचित्र ‘किक’ले २ सय करोडको आकडा छुन सफल भयो । यसको साथै यो वर्षको सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । यस्तै, सलमान खानको पनि अहिलेसम्म सबैभन्दा बढि कमाउने चलचित्र बनेको छ ।
यस चलचित्रले सोमबारसम्म लगभग २ सय २ करोड भारतीय रूपैया कमाई गरेको थियो ।

kick posterकिकले दुई सय करोडको क्लबमा पुग्नुका साथै सलमान खानले कमाईमा आफ्नो पुरानो चलचित्र एक था टाइगरको बक्स अफिस रेकर्ड तोडिएको छ । ‘एक था टाइगर’ले भारतीय बक्स अफिसमा करिब १ सय ९८ करोडको कमाई गरेको थियो । यस चलचित्रले ओभरसिज बजारमा ३ सय १९ करोड भारतीय रूपैयाँ कमाई गरेको थियो । जबकी किकले अहिलेसम्म करीब ३ सय १३ करोड भारतीय रूपैयाँ कमाइसकेको छ ।

सलमान खानको किक भारतीय बजारका आकडा अनुसार अमिर खानको चर्चित चलचित्र ‘थ्री इडियट्स’भन्दा बढि कमाई गरेको छ । थ्री इडियट्सले भारतीय बक्स अफिसमा २ सय २ करोड कमाई गरेको छ । सोमबारसम्म किकले २ सय २ करोडभन्दा अगाडि बढिसकेको छ । मंगलबारसम्म यस चलचित्र ‘किक’ले २ सय १० करोड पुग्ने सम्भावना छ ।

थ्री इडियट्स चलचित्रपछि शाहरूख खानको चर्चित र उनको करिअरको सबैभन्दा ठूलो चलचित्र चेन्नई एक्प्रेसको रेकर्ड तोड्न सक्छ । किक २ सय २ करोडभन्दा धेरै कमाईसकेको छ र चेन्नई एक्सप्रेसले २ सय २६ करोड कमाएको थियो । जुन गतिले किक चलिरहेको छ त्यसले अब २४ करोड रूपैयाँ सहजै कमाउन सक्छ । यदी किकले उक्त रकम कमाई गरे धूम-३ पछि सबैभन्दा धेरै कमाउने चलचित्र बन्छ ।


  •  
  •  
  •